ओलीका विश्वास पात्र पोखरेलद्वय सर्वसम्मत, अध्यक्ष, उपाध्यक्ष र सचिवमा भिडन्त

काठमाडौं, १३ मंसिर । नेकपा ‘एमाले’मा अन्तत निर्वाचन हुने भएको छ । अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि मनोनयन दर्ता गराएका छन् ।

बन्दसत्रमा उपाध्यक्षमा बस्न ओलीले गरेको आग्रह रावलले अस्वीकार गरेपछि अध्यक्षमा ओली–रावल भिडन्त हुने भएको हो

एमालेमा सर्वसम्मतबाटै नेतृत्व चयनको प्रयास गरिएको थियो । अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिएपछि ती पदमा चुनाव हुने भएको हो ।

अध्यक्ष ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गरेका थिए । उक्त सूचीमा भीम रावल र भुसालको नाम थिएन ।

सचिवमा भीम आचार्य र टंक कार्कीको उम्मेदवारी परेको छ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल सर्वसम्मत भएका छन् । पोखरेलद्वय अध्यक्ष केपी शर्मा ओलीको विश्वास पात्र हुन्।

उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here