औद्योगिक उत्पादनमा बागमती प्रदेशको हिस्सा ३६ प्रतिशत, कृषिमा प्रदेश १ अगाडि

फाइलफोटो

काठमाडौं, १० मंसिर । औद्योगिक उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको आर्थिक गतिविधि सम्बन्धी वार्षिक अध्ययन प्रतिवेदन अनुसार औद्योगिक उत्पादनमा बागमती प्रदेशको हिस्सा ३६ प्रतिशत रहेको छ ।

औद्योगिक उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६.० प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ०.९ प्रतिशत रहेको छ ।

यसैगरी थोक तथा खुद्रा व्यापार; मोटर गाड़ी तथा मोटर साईकल मर्मत, यातायात तथा भण्डारण, घरजग्गा कारोबार र वित्तीय मध्यस्थता जस्ता सेवा क्षेत्रको प्रमुख आर्थिक सूचकहरूमा बागमती प्रदेशको हिस्सा क्रमशः ५६.५ प्रतिशत, ४७.२ प्रतिशत, ६७.६ प्रतिशत र ६३.५ प्रतिशत रहेको छ ।कृषिमा प्रदेश १ अगाडि रहेको छ ।

आर्थिक वर्गीकरण अनुसार कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को हिस्सा सबैभन्दा धेरै २१.५ प्रतिशत रहेको छ ।

बागमती प्रदेशको आर्थिक वृद्धिदर ४.७ प्रतिशत देखिएको छ । अधिकांस कारोबार, व्यापार व्यबसाय तथा उद्योग र लगानी समेत यसै प्रदेशमा हुने गरेको छ । राष्ट्र बैंकको एक अध्धयन प्रतिवेदनले यस्तो देखाएको हो ।

यस प्रदेशको जनसंख्या अन्य प्रदेश भन्दा बढी रहेको, संघीय राजधानी यसै प्रदेशमा रहेको, अधिकाँश उद्योगहरु यसै प्रदेशमा रहेको जस्ता कारणले अन्य प्रदेशभन्दा यस प्रदेशमा उत्पादन र रोजगारी उच्च रहने गरेको छ । केन्द्रीय तथ्याङ्क विभागको प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ४.७ प्रतिशत रहेको छ ।

यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) रु.१६ खर्ब ४ अर्ब पुगेकोअनुमान छ । समीक्षा वर्षमा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ११.८ प्रतिशत, १०.८ प्रतिशत र ७७.४ प्रतिशत रहेको छ ।

विभागको प्रारम्भिक तथ्याङ्क अनुसार समीक्षा वर्षमा मुलुकको समग्र कृषि, उद्योग र सेवा क्षेत्रमा बागमती प्रदेशको अंश क्रमशः १६.८ प्रतिशत, ३०.५ प्रतिशत र ४६.७ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here