थप ३१६ जनामा कोरोना पुष्टी, ३ जना संक्रमितको निधन

काठमाडौं, १५ मंसिर । पछिल्लो २४ घण्टामा देशभर ३१६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९१९ जनाको पीसीआर परीक्षण गर्दा २८५ जना र १८०८ जनाको एन्टिजेन परीक्षण गर्दा ३१ गरी ३१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २१ हजार ६५१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २५९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ३ हजार १६८ पुगेको छ । संक्रिय संक्रमितको संख्या ६ हजार ९५४ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५२९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here