एनएमबि एसियाकै उत्कृष्ट बैंक,पायो ‘बैंक अफ दि इयर एसिया २०२१’अवार्ड

काठमाडौं, १५ मंसिर । नेपाली बैंकिङ इतिहासमै पहिलोपटक एनएमबि बैंकले ‘बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड हात पार्न सफल भएको छ ।

बेलायतको लन्डनबाट प्रकाशित हुने बैंक क्षेत्रको प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्डका लागि एनएमबी बैंकलाई छनोट गरेको हो।

चीन, भारत, हङकङ, दक्षिण कोरिया, जापानजस्ता देशका एसियाकै उत्कृष्ट बैंकहरुलाई प्रतिस्पर्धामा उछिन्दै एनएमबी सर्वोत्कृष्ट भएको हो।

एनएमबीले यसअघि नेपालको उत्कृष्ट बैंक बन्दै तीनपटक बैंकर ‘अफ दी एयर अवार्ड’ प्राप्त गरेको थियो ।

कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्यानले यो उपलब्धि बैंकको म्यानेजमेन्टको मिहिनेत र १५ लाख ग्राहकको विश्वास रहेको बताए।

उनले भने, ‘नेपालको सर्वोत्कृष्ट बैंक रहँदै आएकोमा यो पटक एसियाको सर्वोत्कृष्ट बनेको र अबको ५ वर्षमा विश्वको सर्वोत्कृष्ट बनेको र अवार्ड हात पार्ने लक्ष्य समेत रहेको छ।’

त्यस्तै बैंकका सीईओ सुनिल केसीले भने बैंकका सञ्चालकहरुले व्यवस्थापकलाई दिएको वातावरणकै प्रतिफल र टिमको मिहिनेतले यो अवार्ड प्राप्त गर्न सफल भएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here