महिला लघुवित्तको सेयर मूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

काठमाडौं, १६ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले महिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयरको मूल्य समायोजन गरेको छ । कम्पनीको बोनस सेयरको मूल्य समायोजन गरेको हो ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बुधवार कायम अन्तिम सेयर मूल्य ५ हजार ३९७ रुपैयाँको आधारमा समायोजन भएको हो ।

बिहीवार नेप्सेले ४७.५० प्रतिशत बोनस सेयरको समायोजनपछि ३ हजार ६५८ रुपैयाँ ९८ पैसा तोकेको छ ।

महिला लघुवित्तले मंसिर २२ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा हिमालय दृष्य रिसोर्ट धुलिखेल काभ्रेमा बिहान १०.३० बजेबाट सुरु हुनेछ ।

सभामा अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गरी सोही बमोजिम प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।

यता, अन्य कुनै वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here