राप्रपाको महामन्त्रीमा रेखा थापाको उम्मेदवारी घोषणा

काठमाडौं, १६ मंसिर । अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

रेखाले राजेन्द्र लिङ्देन प्यानलबाट महामन्त्रीको महिलातर्फ उम्मेदवारी घोषणा गरेकी हुन् ।

रेखासँगै महामन्त्रीका लागि कमल थापाको प्यानलबाट कुन्ति शाहीले उम्मेदवारी घोषणा गरेकी छन् । राप्रपा महाधिवेशन बुधबारबाट सुरु भएको हो । आज निर्वाचन प्रक्रिया सुरु हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here