चार महिनामा निर्जीवन बीमा कम्पनीको बीमाशुल्क १२ अर्ब ५८ करोड , कुनको कति ?

काठमाडौं, १६ मंसिर । चालु आर्थिक वर्षको चार (साउन-कात्तिक) महिनासम्म निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब ५८ करोड २८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

बीमा समितिको तथ्यांक अनुसार यस अवधिमा २० निर्जीवन बीमा कम्पनीमध्ये धेरै शिखर इन्स्योरेन्सले सबैभन्दा बीमाशुल्क आर्जन गरेको छ ।

शिखरले कात्तिक मसान्तसम्ममा १ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । दोस्रोमा सगरमाथा इन्स्योरेन्स रहेको छ । सगरमाथाले १ अर्ब २० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

सबैभन्दा कम सानिमा जनरल इन्स्योरेन्सले २८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न गरेको बीमा समितिको तथ्यांकमा उल्लेख छ ।

ओरियण्टल इन्योरेन्सले ४७ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ४२ करोड रुपैयाँ, यूनाईटेड इन्स्योरेन्सले ५८ करोड ७६ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ३३ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले ५८ करोड रुपैयाँ रहेको छ ।

नेको इन्स्योरेन्स १ अर्ब ५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ भने सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ९० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

बीमा समितिका अनुसार एनएलजी इन्स्योरेन्स कम्पनीले ८३ करोड ३५ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले ७७ करोड रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले ५२ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले ५१ करोड रुपैयाँ आर्जन गरेको छ ।

हिमालयन जनरल इन्स्योरेन्सले ५८ करोड, प्रुडेन्सियल इन्स्योरेन्सले ४३ करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले ४७ करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले ५१ करोड रुपैयाँ र नेपाल इन्स्योरेन्सले ४६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here