शेयर बजारमा पहिरो, धेरै गुमाउने विकास बैंक र फाइनान्सका लगानीकर्ता

काठमाडौं, १६ मंसिर । साताको कारोबारको अन्तिम दिन शेयर बजारमा पहिरो गएको छ । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.४ अंकले घटेर २५८४.६१ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २३१ कम्पनीको ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँ बराबरको ७९ लाख ३२ हजार ७३१ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहकै परिसूचक राताम्मे भएका छन् । धेरै गुमाउने फाइनान्स र विकास बैकका लगानीकर्ता रहेका छन् ।

बैंकिङ समूहको शेयर १७ अङ्कले, विकास बैंकको एक सय ८९, होटलको ६२, फाइनान्सको ९३, माइक्रोफाइनान्सको ८४ र जलविद्युत् समूहको शेयर ६६ अङ्कले घटेको छ ।

यस्तै उत्पादन समूहको शेयर एक सय ५९ अङ्कले, जीवन बीमा समूहको २३० अङ्कले, निर्जीवन बीमा समूहको २४५ र अन्य समूहको शेयर ७५ अङ्कले घटेको छ ।

घट्दो बजारमा पनि आज दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

न्यादी हाइड्रोपावर र सामलिङ पावर कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । यसैगरी, महिला लघुवित्तको ८.५० प्रतिशत प्रतिशतले बढेको छ ।

आज महालक्ष्मी विकास बैकको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

यस्तै, हिमालयन डिस्ट्रीलरी ११ करोड र नेशनल हाइड्रोपावरको १० करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

आज कर्पोरेट विकास बैंकको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशत भन्दा बढीले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here