नाडा अध्यक्षमा ध्रुब थापाको उम्मेदवारी घोषणा, को-को छन् टिममा ?

काठमाडौं, १६ मंसिर । नाडा अटोमोबाइल्स एशोसियसनको आगामी अध्यक्षका लागि ध्रुब थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीवार एक कार्यक्रमककोबीच थापाले आफ्नो समूहका सदस्यहरु सार्वजनिक गर्दै प्यानल घोषणा गरेका हुन् । थापाको प्यानमा नाडाको वर्तमान कार्य समितिका आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया रहेका छन्।

त्यस्तै प्यानलमा नमुना श्रेष्ठ पनि रहेकी छिन् । थापाले अमरज्योति रञ्जित, बि.एन.पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, प्रसाद पौडेल (राजन), प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगन बि.एस. कंसाकार, संजय खेतान रहेका छन् ।

अटोमोवाइल क्षेत्रमा ३ दशक लामो अनुभव भएका थापा यस अघि दुई कार्यकाल उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । नाडालाई सबै अटो ब्यवसायीको साझा संस्था बनाउन आफूले भूमिका खेल्ने उनको भनाई छ ।

भवन निर्माणको लागि पहल गर्ने, आफ्नै भवनमा काम गर्ने वातावरण सिर्जना गर्ने, नीतिगत योजना, सचिवालय सुधार कार्य, नाडा अटो शो कार्यविधि, र प्याटेन्ट दर्ता, डाटा हव निमार्ण कार्य अघि बढाउने, सामाजिक उत्तरदायित्व विस्तार गर्ने जस्ता प्रतिबद्धता थापाले गरेका छन् ।

बुधवार सुजुकी कारको नेपालका लागि आधिकारिक बिक्रेता सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसियसनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरि सकेका छन् ।

अटोमोवाइल व्यवसायीहरुको संगठन नाडा एशोसियशन अफ नेपालको निर्वाचन आगामी २२ र २३ मंसिरमा हुँदैछ । निर्वाचित अध्यक्षसहितको सदस्यले अन्य कार्यसमिती पदाधिकारीहरुको टुंगो लगाउने छ ।

नाडाको अध्यक्ष पदको लागि करण चौधरीको उम्मेद्वारी घोषणा, यस्तो छ प्यानल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here