थप ३१५ जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन

काठमाडौं, १६ मंसिर । पछिल्लो २४ घण्टामा देशभर ३१५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५११ जनाको पीसीआर परीक्षण गर्दा २९८ जना र १८९२ जनाको एन्टिजेन परीक्षण गर्दा १७ गरी ३१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २१ हजार ९४९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २०२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ३ हजार ३६९ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ४५ रहेको छ ।

पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here