इसेवाबाट यती एयरलाइन्सको टिकट काट्दा तीन सय रुपैयाँ क्यासब्याक पाइने

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्स र डिजिटल पेमेन्ट प्लाटफर्म इसेवाले हवाई यात्रु आकर्षित गर्न क्यासब्याक अफर ल्याएका छन् ।

दुई कम्पनीको सहकार्यमा यस्तो अफर ल्याएका हुन् । अफर अनुसार ईसेवा मार्फत यती एयरलाइन्स र तारा एयरको टिकट काट्ने ग्राहकले ३०० रुपैयाँ क्यासब्याक पाउने भएका छन्।

यो अफर डिसेम्बर १ तारिखबाट लागू भएको छ । यसअघि इ-सेवाबाट टिकट काट्दा ईसेवाले मात्रै केही प्रतिशत क्यासब्याक दिने गरेको थियो । यतीले पछिल्लो समय यात्रुलाई आकर्षित गर्न विभिन्न अफर ल्याइरहेको छ ।

हाल यतीले ५ वटा एटीआर-७२ सिरीजका जहाज र ताराले चारवटा ट्वीनअटर जहाजमार्फत देशका विभिन्न सुगम र दुर्गम गन्तव्यमा उडान गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here