एभरेष्ट बैंकसहित तीन कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति घट्यो ?

काठमाडौं १७ मंसिर । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा विभिन्न तीन वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।

नेप्सेमा एभरेष्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सबैको लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको हो ।

शुक्रवारको भाउलाई आधार मानेर आइतबार यी कम्पनीको शेयर कारोबार खुल्नेछ ।

एभरेष्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र सबैको लघुवित्तले साधारण सभा र लाभांश प्रयोजनका लागि आज मंसिर १७ गते बुक क्लोज गरेका छन् ।

जसमध्ये एभरेष्ट बैंकको कारोबार प्रतिकित्ता ५८३ रुपैयाँ भएको शेयर मूल्य समायोजन पश्चात प्रतिकित्ता ५५० रुपैयाँ कायम भएको छ । बैंकको ६ प्रतिशत बोनस घोषणा गरेको थियो ।

सबैको लघुवित्तको भाउ नेप्सेले १५ सय ४ रुपैयाँ ०१ पैसा निर्धारण गरेको छ । सबैको लघुवित्तले ३१ प्रतिशत बोनस घोषणा गरेको छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको समायोजन पश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता ४०३.८६ रुपैयाँ कायम भएको छ । शाइनले १०.९३ प्रतिशत बोनस घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here