साढे चार महिनामा करबाट उठ्यो ३ खर्ब ४० अर्ब राजश्व, विकास खर्च निराशाजनक

काठमाडौं, १७ मंसिर । सरकारले चालु आर्थिक वर्षको साढे चार महिनामा करबाट ३ खर्ब ४० अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका तथ्यांक अनुसार कर शीर्षक अन्तर्गत ३ खर्ब ४० अर्ब र गैरकर शीर्षक अन्तर्गत ३० अर्ब २६ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।

सरकारले चालु आर्थिक वर्षको पहिलो साढे चार महिना (साउन १ गतेदेखि मंसिर १६ गतेसम्म) मा निर्धारित लक्ष्यको ३१ प्रतिशत राजश्व संकलन गरेको हो ।

चालु आर्थिक वर्षका लागि सरकारले १० खर्ब ५० अर्ब ८२ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ।

यस्तै, सरकारले आर्थिक वर्षको पहिलो साढे चार महिनामा कूल ३ खर्ब ३५ बजेट खर्च गरेको छ । यो कुल बजेटको २०.५८ प्रतिशत हो ।

चालु शीर्षकमा २ खर्ब ७१ अर्ब खर्च गरेको सरकारले विकास खर्चतर्फ २४ अर्ब ३३ करोड मात्रै खर्च गरेको छ। यो कुल खर्च लक्ष्यको ५.५४ प्रतिशत मात्रै हो।

सरकारले आर्थिक वर्ष २०७८/७९ को लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

जसमा चालु खर्च ६ खर्ब ७७ अर्ब १९ करोड, पूँजीगत खर्च तर्फ ३ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै, वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here