थप २४६ जनामा कोरोना पुष्टी, सात महिनापछि दैनिक मृत्यु हुनेको संख्या शून्य

काठमाडौं, १७ मंसिर । पछिल्लो २४ घण्टामा देशभर २४६जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४०० जनाको पीसीआर परीक्षण गर्दा २२३ जना र १४३६ जनाको एन्टिजेन परीक्षण गर्दा २३ गरी २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २२ हजार १७२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३४७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ३ हजार ७१६ पुगेको छ । संक्रिय संक्रमितको संख्या ६ हजार ९२१ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या शून्य रहेको छ । नेपालमा चैतपछि पहिलो पटक कोभिड १९ का कारण मृत्यु हुनेको संख्या शून्य भएको हो । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here