दमक चेम्वर अफ कमर्स गठन, अध्यक्षमा ढकाल निर्वाचित

काठमाडौं, १७ मंसिर । झापामा दमक चेम्बर अफ कमर्स गठन भएको छ । नेपाल चेम्वर अफ कमर्सको भगिनी संस्थाका रुपमा दमक चेम्बर अफ कमर्स जिल्ला कार्यसमिति गठन भएको हो ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, कार्यसमिति सदस्य सन्तोष पाण्डे लगायत केन्द्रीय पदाधिकारीको उपस्थितीमा राजेन्द्रप्रसाद ढकालको अध्यक्षतामा ११ सदस्यीय चेम्बर जिल्ला कार्यसमिति चयन भएको हो ।

त्यसैगरी उपाध्यक्षमा अजय अग्रवाल, सचिवमा रामप्रसाद रिमाल, सहसचिवमा चन्द्रमायाँ निरौला, कोषाध्यक्ष सन्दीप साहेवाला र सदस्यहरुमा यम पाठक, मैयादेवी आचार्य, नबिन सेँडाई, शम्भु प्रसाद खतिवडा, राजकुमार गुप्ता र खेमनाथ सापकोटा निर्वाचित भएका छन् ।

पहिलो साधारणसभा उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष मल्लले मुलुकलाई आत्मनिर्भरमुखी अर्थतन्त्र बनाउने चेम्बरको अभियानमा सहयोग गर्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गरे ।

चेम्बर अध्यक्ष मल्लले बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता समस्या समाधानका लागि केन्द्र र स्थानीय तहमा खर्च हुन नसकेको रकम वाणिज्य बैंकहरूमा स्थानान्तरण गरिदिनुपर्ने बताए । एकल अङ्कमा ब्याजदर कायम गर्ने र सीडी रेसियोलाई ९५ प्रतिशत पुर्‍याउनुपर्ने पनि उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here