‘निर्मल निवासको नाङ्गो हस्तक्षेपमा राजसंस्था बोकेर हिँडेको पुरस्कार पाइयो’

फाइलफोटो

काठमाडौं, १९ मंसिर । राप्रपा अध्यक्ष पदमा हारेपछि कमल थापाले निर्मल निवास अर्थात् पूर्वराजा ज्ञानेन्द्र शाहको विरोध गरेका छन्।

लिङ्देनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएपछि पूर्वराजा ज्ञानेन्द्र शाहको विरोध गरेका हुन् ।

थापाले सामाजिक सञ्जालमा मुलुक गणतत्रमय भएको अवस्थामा समेत राजतन्त्रको मुद्दा बोकेर हिँडेको आफुलाई राजनितिक रुपमा समाप्त गर्न पुर्व राजा लागेको आरोप लगाए।

सामाजिक सञ्जालमा थापाले भनेका छन् – ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना’, थापाले लेखेका छन्, ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु।’

उनले अगाडि भनेका छन्, ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो। सो एजेन्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभकामना!’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here