राप्रपामा विक्रम पाण्डे सबैभन्दा ‘लोकप्रिय’, कसले ल्याए कति भोट ?

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीमा सबैभन्दा धेरै भोट विक्रम पाण्डेलाई खसेको छ।

पराजित थापा र विजयी राजेन्द्र लिङ्देन दुवै प्यानलबाट उनी उपाध्यक्षमा उठेका पाण्डेले उपाध्यक्षमा सर्वाधिक २५ सय २१ मत ल्याएका छन्।

उनी मतदानअघि निर्वाचन प्रचारका क्रममा खुलेर लिङ्देनको पक्षमा भोट माग्दै हिँडेका थिए।

त्यस्तै अन्य उपाध्यक्षमा बुद्धिमान तामाङ १९४४ मतसहित विजयी हुँदा १८१४ मतसहित थापा प्यानलकै ध्रुवबहादुर प्रधानले पनि उपाध्यक्ष पद पक्का गरेका छन्।

त्यस्तै कमल थापा प्यानलकै रोशन कार्की पनि महिला उपाध्यक्षमा १६८९ मतसहित विजय भइन्।

उता सुरुबाटै लिङ्देनलाई बलियो साथ दिएका धवलशम्शेर राणाले महामन्त्री पदमा सबैभन्दा धेरै २२ सय २१ मतसहित जित निकाले।

उपाध्यक्ष महिलातर्फ रोशन कार्की विजयी भइन्। उनले १५ सय ८९ मत ल्याइन्।

यस्तै अर्का महामन्त्रीमा भुवन पाठक विजयी भए। महामन्त्री महिला तर्फ प्रतिस्पर्धी रेखा थापालाई पराजित गर्दै कुन्ती कुमारी शाही निर्वाचित भइन। शाहीले २००८ मत ल्याउँदा थापाले १६४० भोट पाइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here