शेयर बजारमा भारी गिरावट, धेरै गुमाउने विकास बैंक र फाइनान्सका लगानीकर्ता

काठमाडौं, १९ मंसिर । मौद्रिक नीतिको समीक्षापछि निरन्तर ओरालो लागेको शेयर बजारमा साताको कारोबारको पहिलो दिन पहिरो गएको छ ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७२. ३० घटेर २५१३.८९ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२६कम्पनीको ४ अर्ब ९ करोड ७ लाख ६५ हजार २२३ रुपैयाँ बराबरको ८९ लाख २० हजार ८९४ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहकै परिसूचक राताम्मे भएका छन् । धेरै गुमाउने फाइनान्स र विकास बैकका लगानीकर्ता रहेका छन् ।

बैंकिङ समूहको शेयर ४० अङ्कले, विकास बैंकको दुई सय ३, होटलको ८२, फाइनान्सको १०८ माइक्रोफाइनान्सको ८४ र जलविद्युत् समूहको शेयर ६६ अङ्कले घटेको छ ।

यस्तै उत्पादन समूहको शेयर एक सय २४ अङ्कले, जीवन बीमा समूहको ३७२ अङ्कले, निर्जीवन बीमा समूहको २५१ र अन्य समूहको शेयर ७८ अङ्कले घटेको छ ।

घट्दो बजारमा पनि आज एक कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

न्यादी हाइड्रोपावरका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । आज आईसीएफसी फाइनान्स र सबैको लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशत भन्दा बढीले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यस बैंकको आज २८ करोड ६२ लाख भन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here