कृषि विकास बैंकले दियो मदनवाटिका पार्कलाई १५० थान डस्टबिन

काठमाडौं, १५ असार । कृषि विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मदनवाटिका पार्क महादेवस्थान कोटेश्वरलाई डस्टबिन सहयोग गरेको छ ।

पूर्व कानूनमन्त्री अग्नि खरेल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले संयुक्त रुपमा पार्कका प्रतिनिधिलाई १५० थान डस्टबिन हस्तान्तरण गरेका हुन् ।

डस्टबिन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी खरेलले आफ्नो नगर÷टोल लाई सुरक्षित बनाउने दायित्व त्यहाँ बस्ने नागरिकको पनि भएको कारण आफ्नोे घर वरपर सरसफाई गर्ने बानी बसालेमा टोल टोल सफा हुने बताए ।

टोल, नगर र पार्क सरसफाई गर्ने काममा कृषि विकास बैंक गरेको सहयोगको समेत उनले सराहना गरे ।

बैंकका कार्यकारी अधिकृत उपाध्यायले देश विकासमा बैंकले सक्दो सहयोग गर्ने बताए । ५२ बर्ष अगाडी कृषकहरुको आर्थिक समृद्धिका लागि स्थापित कृषि विकास बैंकले हाल आधुनिक प्रविधि मार्फत नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनतालाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको पनि उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here