थप २०५ जनामा कोरोना पुष्टी, ४३६ जना संक्रमण मुक्त

काठमाडौं, १९ मंसिर । पछिल्लो २४ घण्टामा देशभर २०५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९९५ जनाको पीसीआर परीक्षण गर्दा २०० जना र २७५२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ गरी २०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २२ हजार ५९२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४३६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ४ हजार ५४४ पुगेको छ । संक्रिय संक्रमितको संख्या ६ हजार ५०७ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५४१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here