वाग्मती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित

काठमाडौं, २० मंसिर । नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा पक्षीय बानियाँ १ सय ५८ मतका साथ विजयी भएका हुन् ।

२०२५ मत खसेकोमा बानियाँले १०८५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी केसीले ९२७ मत प्राप्त गरे । १३ मत बदर भएको थियो । शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here