शेयर बजारमा पहिरो, एकघण्टामा ७० अंकले घट्यो नेप्से

काठमाडौं, २० मंसिर । साताको कारोबारको दोस्रो दिन पाि नेपाली शेयर बजारमा पहिरो जानेक्रम जारी छ ।

पहिलो दिन ७२ अंकले घटेको नेप्से दोस्रोदिन कारोबारको एकघण्टामा ७० अंकले घटेको हो ।

बजार खुलेको एकघण्टा १२ बजेसम्म नेप्से ७०.६९ अंकले घटेर २४४३.१८ विन्दुमा झरेको छ ।

कारोबारमा आएका २१२ कम्पनीको १ अर्ब १८करोड २६ लाख ९८ हजार ९२३ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका सबै सूचकहरु राताम्मे बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here