थप २६५ जनामा कोरोना पुष्टी, ३५७ जना संक्रमण मुक्त

काठमाडौं, २० मंसिर । पछिल्लो २४ घण्टामा देशभर २६५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ११४ जनाको पीसीआर परीक्षण गर्दा २३८ जना र १५०३ जनाको एन्टिजेन परीक्षण गर्दा २७ गरी २६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २२ हजार ८३० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३५७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ४ हजार ९०१ पुगेको छ । संक्रिय संक्रमितको संख्या ६ हजार ३८६ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here