पूँजी बजार सुधारको लागि लगानीकर्ता संगठित, अम्बिका पौडेलको नेतृत्वमा कार्यदल गठन

काठमाडौं, २१ मंसिर । नेपालको पूँजी बजारमा संकट उत्पन्न भएको भन्दै सबै सरोकारवाला संगठित भएका छन् ।

विभिन्न समूहमा छरिएर रहेका लगानीकर्ताका संघ संगठनहरुलाई एकिकृत गरि लगानीकर्ताहरु संगठित हुनेगरि अम्बिका प्रसाद पौडेलको नेतृत्त्वमा कार्यदल गठन भएको छ ।

४५ लाख भन्दा बढी आम लगानीकर्ताहरुको लगानीमा थाम्नै नसकिने गरी जोखिम बढेको भन्दै गठन भएको कार्यदलले कर्जामा लगाइएको ४ र १२ करोडको सिमा पूर्ण रुपमा हटाउनुपर्ने लगायतका बिभिन्न माग राखेको छ ।

आगामी शुक्रबार लगानीकर्ताहरुको आम भेला बोलाइएको र त्यहि भेलाबाट महासंघको समेत घोषणा हुन सक्ने छ भने आगामी दिनमा सेयर बजार सुद्धिकरणका लागि आवश्यक विभिन्न कार्यक्रमहरु तय गरिने जनाइएको छ ।

यस्ता छन् छलफलका निर्णयहरुः

१. सेयर दलालमार्फत मार्जिन ट्रेडिङ कर्जा ब्यवस्था पूर्ण रुपमा कार्यान्वयनमा नआएसम्म सेयर धितो कर्जामा लगाईएको सिमा हटाईनुपर्ने मागमा पूर्ण सहमति कायम गरियो ।

२. लामो समयदेखि रिक्त रहेका नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका प्रमुखहरुको योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा तत्काल नियुक्ति गर्न सरकारसँग माग गर्ने निर्णय गरियो ।

३. पूँजी बजारको बिकास र बिस्तारका लागि अर्थ मन्त्रालयले ३ बर्ष अघि नै गरिसक्छु भनेका ५८ बुँदेका कार्यतालिका सहितका बाँकी कामहरु तत्काल गराउँन माग गर्ने निर्णय गरियो ।

४. माथि उल्लेखित कामहरु सम्पन्न भई पूँजी बजार सम्बन्धी नीति नियम, पुर्वाधार र प्रविधिको सुनिश्चितता नभएसम्म हामी सम्पूर्ण संघसंस्था र लगानीकर्ताहरु एकताबद्ध र सामुहिक ढंगले लागिरहने प्र्रण गर्दै अग्रज लगानीकर्ता श्री अम्बिकाप्रसाद पौडेलको संयोजकत्वमा बृहत कार्यदल गठन गरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here