नेपाल पेमेन्ट सोलुसन्स र मञ्जुश्री फाइनान्सबीच सहकार्य

काठमाडौं, २१ मंसिर । नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम विस्तार गर्दै मञ्जुश्री फाइनान्स लिमिटेडसँग सहकार्यको लागि सम्झौता गरेको छ ।

सम्झौतापत्र नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सीएक्सओ र सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा मञ्जुश्री फाइनान्स लिमिटेडको तर्फबाट श्री सन्तोष निरौला, प्रमुख कार्यकारी अधिकृत र सुनिल शाही आइ टी हेडले हस्ताक्षर गरे ।

सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले मञ्जुश्री फाइनान्स लिमिटेडसँग डिजिटल इकोसिस्टम विस्तार गरेसँगै अब, मञ्जुश्री फाइनान्स लिमिटेडसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ ।

नेपाल पेमेन्ट सोलुसन प्रालि एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकाशं “क” वर्ग, “ख” वर्ग र “ग” वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ ।

समग्रमा, नेपाल पेमेन्ट सोलुसन्स् एउटा फिन्टेक क्षेत्रमा नाम बनाईसकेको बलियो कम्पनी हो जसले ५० भन्दा बढी बैंक, २० भन्दा बढी वालेट तथा १५ भन्दा बढी रेमिट्यान्स कम्पनीहरुलाई जोड्दै अघि बढिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here