थप ३१५ जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

काठमाडौं, २१ मंसिर । पछिल्लो २४ घण्टामा देशभर ३१५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३८६ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र २४२४ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ गरी ३१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २३ हजार १०२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३०४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ५ हजार २०५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ६ हजार ३५२ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here