यूएईमा साप्ताहिक बिदा लम्बियो, शुक्रवार आधादिन काम गरे पुग्ने

काठमाडौं, २१ मंसिर । संयुक्त अरब इमिरेट्स (युएई) ले साप्ताहिक बिदामा हेरफेर गरेको छ ।

सन् २०२२ जनवरी २ देखि लागू हुने गरि बिदा हेरफेर गरेको हो । नयाँ नियम अनुसार साप्ताहिक बिदा शनिबार र आइतबार गर्ने भएको छ ।

हाल अधिकांश गल्फ देशहरुमा शुक्रबार र शनिबार साप्ताहिक बिदा हुने गरेको छ । अब शुक्रवार आधा दिनपछि बिदा दिएर साढे चार दिनको कार्य हप्ता तोकेको गल्फ न्यूजले जनाएको छ ।

आगामी वर्षदेखि युएईमा शुक्रबार मध्यन्नदेखि आइतबारसम्म बिदाहुने त्यहाँको सरकारको मिडियाले जनाएको छ । यससँगै, युएईमा हप्तामा साढे ४ कार्यदिन हुने भएको छ । अर्थात, सातामा साढे ४ दिन मात्र कार्यलयहरु खुल्नेछन् ।

कर्मचारीहरुको उप्पादकता बढाउन तथा काम र व्यक्तिगत जीवनबीच सन्तुलन सुधार गर्न साप्ताहिक विदा लम्ब्याइएको युएई सरकारले जनाएको छ । नयाँ व्यवस्था अनुसार शुक्रबार काम गर्ने समय बिहान ७ः३० देखि मध्यान्न १२ बजेसम्म हुनेछ ।

त्यस्तै, सोमबारदेखि बिहीबारसम्म बिहान ७ः३० देखि अपराह्न ३ः३० बजेसम्म हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here