पीएसजीको सहज जित, एम्बाप्पेले तोडे मेस्सीको कीर्तिमान

काठमाडौं, २२ मंसिर । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ ।

मंगलबार राति समूह चरणको अन्तिम खेलमा क्लब ब्रुग्सलाई ४-१ गोल अन्तरले हराएको हो ।

पीएसजीको जितमा स्टार खेलाडी लियोनल मेस्सी र किलीयन एमबाप्पेले २-२ गोल गरे । ब्रुग्सका म्याट्स रिट्सले एक गोल फर्काए ।

यससँगै एमबाप्पेले च्याम्पियन्स लिगमा ३० गोल पूरा गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाए ।

एम्बाप्पेले एम्बाप्पेको प्रतियोगितामा ३१ गोल गरिसकेका छन्। उनले २२ वर्ष ३५२ दिनमा ३० गोल पुरा गरेका हुन्। यहीँ आँकडा पुरा गर्न मेसीलाई २३ वर्ष र १३१ दिन लागेको थियो।

यस्तै रियल म्याड्रिडका लेजेन्ड राउलले २४ वर्ष ९१ दिनमा ३०औं च्याम्पियन्स लिग गोल गरेका थिए। करिम बेन्जेमा २५ वर्ष १०५ दिनको उमेरमा यो कीर्तिमान बनाएका थिए।

पीएसजी ६ खेलमा ३ जित २ बराबरी र १ हारसहित ११ अंक जोड्दै दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनायो । ब्रुग्स ४ अंक जोडेर समूहको पुछारमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here