नेपाल पुनर्बीमालाई लाभांश पारितको बाटो खुल्यो, अर्थ मन्त्रालयले दियो स्वीकृति

काठमाडौं, २२ मंसिर । नेपाल पुनर्बीमा कम्पनीलाई प्रस्तावित लाभांश गर्ने बाटो खुलेको छ ।

वार्षिक साधारण सभा मार्फत पारित गर्न प्रस्तावित लाभांशमा असोज २० गते बिमा समितिबाट स्वीकृत गराई अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाइएको थियो ।

उक्त प्रस्ताव नेपाल सरकार अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाबाट मंसिर २० गते स्वीकृती प्राप्त भएकाले कम्पनीलाई आगामी वार्षिक साधारण सभामार्फत पारित गराउने बाटो खुला भएको हो ।

कम्पनीले आर्थिक वर्ष ०७६/७७ को प्रिमियम वाहेक वितरणयोग्य मुनाफाबाट १६ दशमलव ५० प्रतिशत र नगद लाभांश २ दशमलव ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले बीमा समितिको निर्देशन बमोजिम लाभांश प्रस्ताव पारितमार्जन गरेको थियो ।

परिमार्जन पछि कम्पनीको लाभांशमा नगद लाभांश मात्र १ प्रतिशत कम भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू.१० अर्ब रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here