सामुदायिक लघुवित्तका शेयरधनीले यस पटकपनि लाभांश नपाउने

काठमाडौं, २२ मंसिर । सामुदायिक लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट पनि आफ्ना शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने जनाएको छ ।

बुधवार विहान बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

सोही कारण यसपटक कम्पनीका शेयरधनीको हात खाली हुने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट पनि शेयरधनीलाई लाभांश वितरण गरेको थिएन ।

बैठकले आगामी वार्षिक साधारणसभामा बोनस र नगद लाभांश मात्रै होइन हकप्रद शेयरको पनि कुनै प्रस्ताव गरेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here