कांग्रेस सभापतिका आकांक्षी कल्याण गुरुङले जारी गरे १२ बुँदे प्रतिबद्धता (पूर्णपाठ)

काठमाडौं, २२ मंसिर । कांग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा सभापतिमा उम्मेदवारी घोषणा गरेका नेता कल्याण गुरुङ आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

बुधबार नेता गुरुङले २० पृष्ठ लामो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

सार्वजनिक प्रतिबद्धतामा निःशुल्क र गुणस्तरीय शिक्षा, निःशुल्क र नियमित स्वास्थ्य सेवा, निःशुल्क न्याय सेवा, निःशुल्क सुरक्षा सेवा, जनहितमुखी प्रगतिशील कर नीतिलगायतका विषय समेटेका छन् ।

गुरुङ आसन्न महाधिवेशनमा सभापतिका आकांक्षीमध्ये सबैभन्दा कान्छा हुन् ।

कोइराला परिवारसँग निकट रहेर राजनीति गरिरहेका उनी १३ औं महाधिवेशनमा रामचन्द्र पौडेलको टिमबाट आदिवासी जनजातितर्फ केन्द्रीय सदस्य पदमा निर्वाचित भएका थिए ।

कांग्रेसका केन्द्रीय सदस्य रहेका ५१ वर्षीय गुरुङले ०६४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here