दक्षिण कोरिया जाने नेपालीलाई डलर सटहीमा थप सुविधा

काठमाडौं, २३ मंसिर । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७६ संशोधन गरि दक्षिण कोरिया जाने कामदारको लागि डलर सटहीमा थप सुविधा दिएको छ ।

केन्द्रीय बैंकले बिहीवार एकीकृत निर्देशन २०७६ मा संशोधन गरी दक्षिण कोरिया जाने कामदारलाई अधिकतम १५ सय डलरसम्म सटही गर्न सक्ने व्यवस्था गरेको हो ।

यसअघि नेपाली नागरिकलाई राहदानी वाहकले प्रतिव्यक्ति दुई सय अमेरिकी डलरसम्मको मात्र सटही सुविधा पाउने गरेका थिए ।

तर यस्तो सटही सुविधा वैदेशिक रोजगार विभागको सिफारिस पत्रका आधारमा विद्युतीय कार्डको माध्यमबाट मात्र उपलब्ध गराइनेछ ।

कोभिडका कारण क्वारेन्टिनमा बस्नुपर्ने लगायतका कारण खर्च बढेकाले कोरिया जाने कामदारलाई सटही सुविधा बढाइएको केन्द्रीय बैंकले जानकारी गराएको छ ।

अरु मुलुकमा वैदेशिक रोजगारीमा जानेले भने अधिकतम २०० सय डलरमात्र सटही सुविधा पाउने व्यवस्था यथावत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here