विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, २४ मंसिर । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ५४ र बिक्रीदर १२१ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९८ रुपैयाँ ६ पैसा तोकिएको छ भने बिक्रीदर ४०० रुपैयाँ तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रीदर ३३ रुपैयाँ २७ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ९७ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १९ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय २१ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here