१७९० बजार मूल्य रहेको शेयर ७३५ रुपैयाँमा किन्ने अवसर !

काठमाडौं, २४ मंसिर । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ३५०० कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ ।

संस्थापक शेयर पुस ४ गतेदेखि लिलामीमा विक्री खुला गर्न लागेको हो । शेयरको न्यूनतम मूल्य ७३५ तोकिएको छ ।

आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले पुस ११ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

विहिवार महुली लघुवित्त को शेयर १७९० रुपैयाँ किनबेच भएको थियो भने संस्थापक शेयर १०७३ रुपैयाँमा किनबेच भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here