यी हुन् च्याम्पियन्स लिगको नकआउटमा पुग्ने १६ टोली

काठमाडौं, २४ मंसिर । च्याम्पियन्स लिगको नकआउट चरण खेल्ने १६ वटै टिमको टुंगो लागेको छ ।

गएराती समुह एफ अन्तर्गत भिल्ला रियलले एटलान्टालाई ३-२ गोल अन्तरले पराजित गरेपछि समुहमा उपविजेता हुँदै नकआउट चरणमा पुगेपछि १६ वटै टिमको टुंगो लागेको हो ।

यस पटक सन् २००१ पछि बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सकेन। जसमा ८ समुहका ८ समुह विजेता र ८ उपविजेता गरेर १६ टिम नकआउट चरणमा खेल्ने भएका छन् ।

यी हुन् नकआउटमा पुग्ने १६ टोली

म्यानचेस्टर सिटी- समूह ए विजेता
पिएसजी- समूह ए उपविजेता

लिभरपुल- समूह बी बिजेता
एट्लेटिको म्याड्रिड- समूह बी उपविजेता

आयाक्स- समूह सी बिजेता
स्पोर्टिङ सिपी- समूह सी उपविजेता

रियल म्याड्रिड- समूह डी बिजेता
इन्टर मिलान- समूह डी उपविजेता

बायर्न म्युनिख- समूह इ बिजेता
बेन्फिका- समूह इ उपविजेता

म्यानचेस्टर युनाइटेड -समूह एफ बिजेता
भिल्लारियल- समूह एफ उपविजेता

लिल – समूह जी विजेता
रेडबुल साल्जवर्ग- समूह जी उपविजेता

युभेन्ट्स- समूह एच विजेता
चेल्सी- समूह एच उपविजेता

अब नकआउट चरणको ड्र डिसेम्बर १३ मा हुने छ ।

नकआउट चरणको पहिलो लिग फेब्रुअरी १६ र २३ मा हुने छ भने दोस्रो लिग मार्च ९ र १६ मा हुने छ ।

त्यसपछि क्वाटर फाइनलको ड्र मार्च १८ मा हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here