एमाले विभाजनपछि ओली- नेपाल र प्रचण्ड एउटै मञ्चमा

काठमाडौं, २४ मंसिर । नेकपा एमाले विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओली, नेकप (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक एउटै मञ्चमा देखिएका छन् ।

तत्कालिन नेकपा भंग भएपछि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसहित तीन समूहमा विभक्त कम्युनिष्ट पार्टीका प्रमुख नेता कांग्रेस महाधिवेशनमा शुभकामना दिन पहिलोपटक एउटै मञ्चमा भेला भएका हुन् ।

सुरुमै प्रचण्ड र नेपाल महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेका भए पनि ओली ढिलोगरी पुगेका हुन् । ओली देउवाको बायाँ बसेका छन् भने दायाँतर्फ प्रचण्ड र माधव नेपाल छन्।

गत १० मंसिरमा भएको एमालेको १०औँ महाधिवेशनमा नेता नेपाल र उनको पार्टीलाई निमन्त्रण गरिएको थिएन । निमन्त्रण गरिएको माओवादी केन्द्रबाट प्रचण्ड आफू नगएर लिलामणि पोखरेललाई पठाएका थिए ।

तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेयता ओलीसँग प्रचण्ड र माधव नेपालको राम्रो सम्बन्ध छैन। सर्वोच्च अदालतको आदेशमा एमाले र माओवादी ब्यूँतिएको थियो। नेपालले भने एमाले नै विभाजन गरेर नयाँ दल गठन गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here