पूर्वराजा ज्ञानेन्द्रलाई राजनीतिमा चलखेल नगर्न माधव नेपालको चेतावनी

काठमाडौं, २४ मंसिर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिमा चलखेल नगर्न चेतावनी दिएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्‌घान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन्।

नेपालले नेपालमा राजतन्त्र नफर्कने दाबी गर्दै पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर राजनीतिमा आउन आग्रह गरेका गरे ।

महाधिवेशनलाई सम्बोधन गर्दै भने, ‘राजाले पनि पार्टी खोले हुन्छ नभए व्यापार गरे हुन्छ । नेपालको रक्षा हामीले गर्न सक्छौँ । लोकतन्त्रलाई सुदृढ गर्ने काम हामी गर्न सक्नेछौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here