काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ४ हजार ७४३ जना मतदाताको नाम सार्वजनिक गरेको हो।
काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार उद्घाटन समारोह सम्पन्नपछि कांग्रेसको महाधिवेशन बन्दसत्रमा प्रवेश गरेको छ।
भृकुटीमण्डपमा शुक्रबार सुरु भएको उद्घाटन समारोह सकिएसँगै कांग्रेसको महाधिवेशन बन्दसत्रमा प्रवेश गरेको छ । कांग्रेसको निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता भोलि शनिबार हुनेछ ।
बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरूले नयाँ नेतृत्व चयनका लागि यी मतदान गर्नेछन् ।