मौसमी तरकारीको भाउ घट्यो, खुद्रा बजारमा दोब्बर महंगो

काठमाडौं, २५ मंसिर । भान्सामा प्रयोग हुने अत्यावश्यक सामान मौसमी तरकारीको भाउ घटेको छ ।

सिजन अनुसार पाइने तरकारीको भाउ घटेपनि थोकको तुलनामा खुद्रा बजारमा तुलनामा दोब्बर वृद्धि नै रहेको छ ।

पछिल्लो डेढ सातायता गोलभेँडाबाहेक काउली, मूला, बन्दा, सागलगायतका मौसमी तरकारीको भाउ सस्तिएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ३० रुपैयाँमा किनबेच भइरहेको काउली बालाजुको क्षेत्रको खुद्रा पसलमा प्रतिकेजी ६० देखि ९०रुपैयाँ सम्ममा कारोबार भैरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा शुक्रवार रातो आलुको थोक मूल्य प्रतिकेजी ४५ रुपैयाँ रहेको छ ।

खुद्रा बजारमा भने प्रतिकेजी ५५ देखि ६० सम्मका बिक्री भै रहेको छ । अन्य तरकारीको भाउ पनि थोकको भन्दा दोब्बर महंगोमा नै बिक्री भैरहेको छ ।

कालीमाटीमा ११० रुपैयाँका कारोबार भैरहेको ठूलो गोलभेडा खुद्रा पसलहरुमा १४० देखि १५० रुपैयाँसम्ममा कारोबार भैरहेको छ ।

प्रतिकेजी ५० रुपैयाँमा कारोबार भैरहेको तरुलको मूल्य खुद्रमा ९० देखि १०० रुपैयाँसम्ममा कारोबार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here