शनिवार काठमाडौं उपत्यकामा यो वर्षकै चिसोदिन

काठमाडौं, २५ मंसिर । काठमाडौं उपत्यकामा शनिवार यो वर्षकै धेरै चिसो महसुस गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार बिहानको तापक्रम ५.६ डिग्री सेल्सियस मापन गरिएको छ ।

यो यस वर्षको अहिलेसम्मको सबैभन्दा कम तापक्रम हो । यसअघि ०७८ मंसिर १ गते न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस मापन भएको थियो ।

काठमाडौंका अतिरिक्त देशका अन्य भेगको तापक्रम पनि घटेको छ ।

जल तथा मौसम विज्ञान विभागका जुम्लामा देशमै सबैभन्दा धेरै चिसो छ । त्यहाँको शुक्रबार साँझको न्यूनतम तापक्रम माइनस ४.३ डिग्री सेल्सियस छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here