कांग्रेस महाधिवेशन: सभापति, सहमहामन्त्रीसहित ५५ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले उम्मेदवारी फिर्ता लिने समय ५५ जनाले मनोनयन फिर्ता लिएको लिएका छन् ।

आइतवार दिउँसो एक जना सभापति, एक सहमहामन्त्री र ५३ केन्द्रीय सदस्यका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।

६० जनाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिए पनि ५ जनाको प्रकिया नमिलेको भन्दै फिर्ता नभएको निर्वाचन समितिले जनाएको छ ।

एक सय ३४ केन्द्रीय कमिटीका लागि शनिबार भएको मनोनयन दर्ताका क्रममा पाँच सय ४८ जनाले उम्मेदवारी दिएका थिए ।

जसमध्ये आइतबार दिउँसो सभापतिका प्रत्यासी युवराज न्यौपाने, सहमहामन्त्रीका प्रत्यासी (थारुतर्फ) सुरेन्द्रप्रसाद चौधरीले मनोनयन फिर्ता लिएका छन् ।

चौधरीले संस्थापन पक्षबाट उम्मेदवारी दिएका थिए । तर, संस्थापनको प्यानलमा बाराका उमाकान्त चौधरीले मनोनयन दर्ता गरेकाले सभापति शेरबहादुर देउवाको आग्रहमा सुरेन्द्रले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उमाकान्त कृष्णप्रसाद सिटौला पक्षबाट सहमहामन्त्रीको उम्मेदवार बनेका हुन् ।

कांग्रेसमा खुला, आरक्षित, महिला, दलित, मुसलमान, पिछडिएको क्लस्टरतर्फका ५८ केन्द्रीय सदस्यका उम्मेदवारले मनोनयन फिर्ता लिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here