थप २५४ जनामा कोरोना पुष्टी, उपत्यकामा थपिए १५४ संक्रमित

काठमाडौं, २६ मंसिर । पछिल्लो २४ घण्टामा देशभर २५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २६८ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २४१४ जनाको एन्टिजेन परीक्षण गर्दा १२ गरी २५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २४ हजार २२२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २३४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ६ हजार ७७८ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ८९० रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५५४ पुगेको छ ।

काठमाडौं उपत्यकामा १५४ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११९, ललितपुरमा ३० र भक्तपुरमा ५ संक्रमित छन्।

यस्तै, काठमाडौं उपत्यकामा १७६५ सक्रिय संक्रमित छन्।जसमध्ये काठमाडौंमा ६९०, भक्तपुरमा ४७४ र ललितपुरमा ६०१ सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here