विद्युत् प्राधिकरण सुपरभाइजर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं, २७ मंसिर । नेपाल विद्युत् प्राधिकरणले सुपरभाइजर पदको खुलातर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

०७६ असार १३ गते प्रकाशित विज्ञापनको झण्डै साढे दुई वर्षपछि प्राधिकरणले लिखित नतिजा प्रकाशन गरेको हो।

प्राधिकरणले लिखित परीक्षाको नतिजा सार्वजनिक गर्दै अन्तर्वार्ता कार्यक्रम पछि तय हुने जनाएको छ।