आयल निगमको विभिन्न पदको नतिजा सार्वजनिक, अन्तवार्ता पुस ७ गतेदेखि हुने

काठमाडौं, २७ मंसिर । लोक सेवा आयोगबाट लिइएको नेपाल आयल निगम लिमिटेडको विभिन्न पदको नजिता सार्वजनिनक भएको छ ।

सोमबार प्रबन्धक तह ८ देखि बाउजर अपरेटरसम्मका पदको नतिजा सार्वजनिक भएको हो ।

आर्थिक वर्ष ०७६र७७ मा प्रकाशित पदहरूको लोक सेवा आयोगबाट परीक्षा लिइएको थियो ।

निगमका अनुसार, लिखित परीक्षामा सफल उम्मेदवारहरूको अन्तर्वार्ता आगामी पुस ७ गतेबाट सञ्चालन हुनेछ।

त्यस्तै प्राधिकरणले सुपरभाइजर पदको खुलातर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

०७६ असार १३ गते प्रकाशित विज्ञापनको झण्डै साढे दुई वर्षपछि प्राधिकरणले लिखित नतिजा प्रकाशन गरेको हो। प्राधिकरणले लिखित परीक्षाको नतिजा सार्वजनिक गर्दै अन्तर्वार्ता कार्यक्रम पछि तय हुने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here