आँधिखोला लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं, २७ मंसिर । आँधिखोला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले लाभांश घोषण गरेको छ ।

कम्पनीले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० लाभांश दिने प्रस्ताव गरेको हो ।

लघुवित्तले सेयरधनीलाई लाभांश दिएको यो पहिलो पटक हो । धौलागिरि लघुवित्तसँग मर्जर सम्झौता सम्झौता गरे पनि सफल हुन नसकेको लघुवित्तको विगत २ वर्षदेखि सेयर कारोबार रोक्का छ ।

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here