काठमाडौं, २७ मंसिर । शेयर बजारमा केही सातादेखि निरन्तर पहिरो गइरहेको छ । केहीदिन सामान्य अंकले बढेपछि फेरि जाने पहिरो भने रोकिएको छैन् ।
हालसम्मकै उच्च ३२०० अंकसम्म पुगेको नेप्से परिसूचक केही हप्ताको अन्तरालमै २३०० हाराहारी आइपुगेको छ । छोटो समयको यो तीव्र घटाइलाई लिएर विभिन्न टिकाटिप्पणी भैरहेका छन् ।
पुँजी बजार सुदृढीकरण बृहत कार्यदलका संयोजक अम्बिकाप्रसाद पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै शेयर लगानीकर्ताहरुलाई संयमित भएर संयमित भएर कारोबार गर्न र अत्यावश्यक नपरी शेयर बिक्री नगर्न अपील गरेका छन् ।
विज्ञप्तिमा अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला निकायहरुले तीन बर्ष अघि नै गर्छ भनेका ५८ बँदेका बाँकी कामहरु पुरा नहुँदा र यसवीचमा भएका कतिपय नीतिगत परिवर्तनका कारणले पूँजी बजारमा गंभीर संकट उत्पन्न भएको उल्लेख छ ।
उक्त समस्या समाधान गर्न लगानीकर्ताले पटक पटक भन्दा पनि सरकारले नटेर्दा करिब ४५ खर्ब पुगेको सेयर बजारले १२ खर्ब रुपैयाा गुमाएको र सरकारले पनि राजस्व गुमेको उल्लेख गरिएको छ ।
अहिलेको समस्या समाधान गर्नको लागि ब्रोकर मार्फत मार्जिन ट्रेडिङ कारोबार पूर्ण रुपमा कार्यान्वयन गर्न, राष्ट्र बैैंकले सेयर धितो कर्जाको सिमा तत्काल हटाउन, ५८ बुँदा मध्ये बाँकी काम तत्काल सक्न आग्रह गरेका छन् ।
























