‘अर्थमन्त्रीले शेयर बजार घटायो भनेर बजारमा चलखेल भयो, जोगिएर काम गर्नुस्’

काठमाडौं, २७ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रीले शेयर बजार घटायो भन्दै भ्रम फैलाइएमा आपत्ति जनाएका छन् ।

ललितपुरको कुपन्डोलमा बिमा समितिको सुविधा सम्पन्न कार्यालय भवन शिलान्यास कार्यक्रममा शर्माले बजार घट्नुमा आफ्नो कुनै पनि हात नभएको बताएका हुन् ।

एउटा समूह कुनामा बसेर अर्थमन्त्रीले ‘शेयर बजार घटायो भनेर भ्रम छर्ने काम गरिरहेका छन्, यस्ता भ्रम छरेर ठग्लान जोगिएर काम गर्नुस्’ उनले भने ।

मन्त्रीले सेयर बजार घटायो भन्छन्, यथार्थ त्यसो होइन । लगानीकर्ताको लगानी सुरक्षा गर्न सरकार प्रतिवद्ध छ । सिमित व्यक्ति मिलेर बजार घटाउने तर गाली मन्त्रीलाई गर्नेबारे प्रश्न उनले उठाए ।

‘घटाउने मान्छे कहाँ कहाँ हुन्छन् । कसले घटाउँछन्, कसले बढाउँछन् त्यही संस्थालाई थाहा होला,’मन्त्री शर्माले भने । दीर्घकालमा लाभ दिने कम्पनी छानेर लगानी गर्न आह्वान गर्दै शर्माले भने ‘शेयर बजार सुधारक नीतिनियम म बनाउँछु । लगानीकर्ताको लगानी सुरक्षा गर्न सरकार प्रतिवद्ध छ ।’

संस्थागत सुधार गर्नका लागि त्यहाँ भएका भित्री कुराहरु सुधार गर्ने प्रयासमा मन्त्रालयले काम गर्दै आएको समेत उनले दावी गरे । त्यसका कामका लागि आफुले बारबार प्रतिवद्धता समेत गरेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here