थप ३४१ जनामा कोरोना पुष्टी, तीन जना संक्रमितको निधन

काठमाडौं, २७ मंसिर । पछिल्लो २४ घण्टामा देशभर ३४१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र २८३० जनाको एन्टिजेन परीक्षण गर्दा २८ गरी ३१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २४ हजार ५३५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३७६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ७ हजार १५४ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ८२४ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या ३रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५५७पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here