च्याम्पियन्स लिगको नयाँ खेल तालिका: पीएसजीको प्रतिस्पर्धा रियालसँग

काठमाडौं, २८ मंसिर । च्याम्पियन्स लिगको नयाँ खेल तालिका सार्वजनिक भएको छ ।

यूईएफले पहिलोपटक सार्वजनिक ‘ड्र’मा प्राविधिक त्रुटि भएको भन्दै नयाँ तालिका सार्वजनिक गरेको हो । यूईएफएले पहिलोपटकको ‘ड्र’ मा सफ्टवेयरमा त्रुटि भएको जनाएको थियो ।

म्यानचेस्टर युनाइटेड युईएफए च्याम्पियन्स लिगको राउण्ड अफ १६ मा एथ्लेटिको मड्रिडसँग भिड्ने भएको छ।

यसअघि सोमबार नै भएको सार्वजनिक भएको पहिलो खेल तालिकामा प्राविधिक समस्या आएको भन्दै पुनः ड्र गरिएको हो।

च्याम्पियन्स लिगको अन्तिम–१६ मा फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)विरूद्ध खेल्नेछ ।

यससँगै पीएसजीका रक्षक सर्जियो रामोसले पूर्व क्लब रियालविरूद्ध खेल्ने भएका छन् । रियालका पूर्व कप्तान रामोस यसै सिजनको सुरूमा पीएसजीसँग अनुबन्ध भएका थिए ।

नयाँ ‘ड्र’ मा पनि साविक विजेता चेल्सीको प्रतिद्वन्द्वी भने परिवर्तन भएको छैन । चेल्सीले फ्रान्सको लिलेविरूद्ध नै खेल्ने भएको छ ।

पुरानो ‘ड्र’ अनुसार रियालले पोर्चुगलको बेनफिकाविरूद्ध खेल्थ्यो । तर नयाँ ‘ड्र’ बेनफिकाले नेदरल्यान्डसको आयाक्सविरूद्ध खेल्ने भएको छ ।

६ पटकको विजेता इङ्लिस प्रिमियर लिगको लिभरपुलले इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानविरूद्ध खेल्ने भएको छ । पुरानो ‘ड्र’ अनुसार लिभरपुलले साल्जबर्गविरुद्ध खेल्ने थियो ।

पहिले सर्वजनिक ’ड्र’ मा पीएसजीले म्यानचेस्टर युनाइटेडलाई प्रतिद्धन्द्धी पाएको थियो । जसअनुसार मेसी र क्रीस्टियानो रोनाल्डो पुनः आमनेसामने हुने भएका थिए । तर नयाँ ’ड्र’ मा दुबै क्लबका प्रतिद्वन्द्वी परिवर्तन भएको छ ।

नयाँ ’ड्र’ अनुसार युनाइटेडले एट्लेटिको मड्रिडविरूद्ध खेल्नेभएको छ । इङलिस प्रीमियर लिगको अर्को क्लब म्यानचेस्टर सिटीले भने स्पोर्टिङ लिस्बनविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखले अब साल्जबर्गविरुद्ध खेल्नेछ । इटालीकै अर्को क्लब युभेन्टसले भने स्पेनका भिल्लारियालविरुद्ध खेल्नेछ ।

अन्तिम १६ को खेल तालिका

-रेड बुल साल्जबर्ग विरुद्ध बायर्न म्युनिख

-स्पोर्टिङ लिस्बन विरुद्ध म्यानचेस्टर सिटी

-बेन्फिका विरुद्ध आयाक्स

-चेल्सी विरुद्ध लिलि

-एट्लेटिको मड्रिड विरुद्ध म्यानचेस्टर युनाइटेड

-भिल्लारियल विरुद्ध युभेन्टस

-इन्टर मिलान विरुद्ध लिभरपुल

-पीएसजी विरुद्ध रियल मड्रिड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here