कांग्रेस सभापति पदको चुनाव दोस्रो चरणमा, देउवा र कोइराला भिड्ने

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिको निर्वाचन दोस्रो चरणमा गएको छ।

सार्वजनिक अन्तिम मतपरिणाम अनुसार सभापति पदका पाँच उमेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि निर्वाचन दोस्रो चरणमा गएको हो ।

अब शेरबहादुर देउवा र डा.शेखर कोइराला भिड्ने भएका छन्। शेरबहादुर देउवाले २२५८, डा. शेखर कोइरालाले १७२९, प्रकाशमान सिंहले ३७१, बिमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाएका छन् । सभापतिका लागि देउवालाई ८२ मत नपुगेको हो ।

पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ ।

पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलोपटक नै दुई जना मात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानमा व्यवस्था छ ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६८१ मतदाताले मतदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here